व्यवसाय दर्ता

In-person

आवश्यक प्रक्रिया
शुल्क
गाउँपालिकाको आर्थिक ऐन अनुसार
लाग्ने समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र
सेवा प्रवाह समय
कागजपत्र पुरा भएपछि सम्भव भएसम्म सोही दिन नभए २ दिन भित्र
उजुरी अधिकारी
प्रमुख प्रशासकीय अधिकृत
दायरा विभाग
Designated Responsible Person/Section for Business Registration
आवश्यक कागजातहरू
निबेदन
व्यवसाय सञ्चालन गर्ने स्थानको लालपुर्जाको प्रतिलिपि।
सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि।
राष्ट्रिय परिचयपत्र (NID) वा राष्ट्रिय परिचय नम्बर।
चालु आर्थिक वर्षसम्मको सम्पत्ति कर/घरजग्गा कर तिरेको रसिद।
सधियारहरूको सहमति सहितको मुचुल्का।
वडा कार्यालयको सिफारिस।
भाडामा सञ्चालन गरिने व्यवसाय भएमा घरभाडा वा जग्गा भाडा सम्झौता पत्रको प्रतिलिपि।
व्यवसाय सञ्चालन हुने जग्गा वा भवन परिवारका अन्य सदस्यको नाममा रहेको भए:
सम्बन्धित व्यक्तिको मञ्जुरीनामा,
मञ्जुरीनामादाताको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,
राष्ट्रिय परिचयपत्र (NID) वा राष्ट्रिय परिचय नम्बरको प्रतिलिपि, तथा
सम्बन्ध पुष्टि हुने प्रमाण (नाता खुल्ने प्रमाण)।
शुल्क विवरण
जिम्मेवार व्यक्ति / खण्ड
व्यवसाय दर्ता सम्बन्धी जिम्मेवारी तोकिएको व्यक्ति/शाखा
प्रक्रिया चरणहरू
आवश्यक कागजातसहित व्यवसाय दर्ताको निवेदन पेश गर्ने।
सम्बन्धित शाखाले निवेदन तथा संलग्न कागजातहरूको जाँच तथा प्रमाणीकरण गर्ने।
आवश्यक परेमा स्थलगत निरीक्षण गरी सर्जमिन मुचुल्का वा निरीक्षण प्रतिवेदन तयार गर्ने।
प्रचलित कानुन तथा गाउँपालिकाको आर्थिक ऐन बमोजिम तोकिएको व्यवसाय दर्ता शुल्क बुझाउने।
अधिकार प्राप्त अधिकारीबाट स्वीकृति प्राप्त गर्ने।
व्यवसाय अभिलेखीकरण गरी व्यवसाय दर्ता प्रमाणपत्र जारी गर्ने।
संबंधित कानून