FAQs Complain Problems

बालमैत्री स्थानीय शासन नीतिगत, प्रकृयागत अवलम्बन, कार्य कार्यान्वयन तथा घोषणा सम्बन्धी गाउँपालिका स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम |

सिद्धलेक गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, बुङचुङ, धादिङद्वारा मिति २०८०/०७/२३ र २४  गतेमा सभाहलमा आयोजित बालमैत्री स्थानीय शासन नीतिगत, प्रकृयागत अवलम्बन, कार्य कार्यान्वयन तथा घोषणा सम्बन्धी गाउँपालिका स्तरीय २ दिने अभिमुखीकरण कार्यक्रम सिद्धलेक गाउँपालिका अध्यक्ष श्री परशुराम खतिवडाको अध्यक्षता, उपाध्यक्ष श्री सविता अर्याल र प्रमुख प्रशासकीय अधिकृत श्री सन्जय बहादुर स्याङ्तानको विशेष आथित्यतामा गाउँपालिकाका जनप्रतिनिधिहरू, राजनीतिकदलका प्रतिनिधिहरू, विषयगत शाखाका प्रमुखहरू, बालबालिका प्रतिनिधि, विद्यालयका प्राध्यापकहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, स्वास्थ्य स्वयनसेविकाहरू र प्रहरीको  उपस्थितिमा संचालन भएको कार्यक्रममा बालमैत्री  स्थानीय शासन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा परिचालित बालमैत्री रास्ट्रिय सहजकर्ता श्री विष्णु प्रसाद चौबेद्वारा सहजीकरण गरीदिनु भयो भने उक्त कार्यक्रमबाट उपस्थित सम्पूर्णले यस सिद्धलेक गाउँपालिकाको सम्पूर्ण वडा तथा सिङ्गो गाउँपालिकालाई मिति २०८३ माघ महिना भित्र बालमैत्री स्थानीय शासनयुक्त घोषणा तथा दिगोपनाको लागि पूर्णरूपले कर्तव्य पालना गर्न गराउन सामूहिक हस्ताक्षर गरी प्रतिबद्धता जनाउनु भयो ।

आर्थिक वर्ष: