सिद्धलेक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका सबै लाभग्राहीलाई सामाजिक सुरक्षा परिचयपत्र नवीकरण गर्न सूचना जारी गरेको छ। लाभग्राहीहरूले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा गई तोकिएको समयभित्र परिचयपत्र नवीकरण गराउनु हुन अनुरोध छ। साथै, राष्ट्रिय परिचयपत्र नम्बर (NIN) वा राष्ट्रिय परिचयपत्रको आवेदन नम्बर अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ। बालबालिका, अशक्त तथा ८० वर्षमाथिका ज्येष्ठ नागरिकका हकमा संरक्षक वा परिवारका सदस्यले आवश्यक कागजातसहित उपस्थित भई परिचयपत्र नवीकरण गराइदिनु हुन अनुरोध छ।