फिल्ड प्रमाणीकरण तथा अन्तर्वार्तामा सहभागी हुने सम्बन्धी सूचना
फिल्ड प्रमाणीकरण तथा अन्तर्वार्तामा सहभागी हुने सम्बन्धी सूचना
सिद्धलेक गाउँपालिका अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (MCAN) को सहयोगमा सञ्चालन भइरहेको "Capacity Building Activities to Enhance Electricity Use" कार्यक्रम अन्तर्गत उद्यम तथा सीप विकास तालिम छनोट समितिको मिति २०८३/०४/१८ गते बसेको बैठकको निर्णयअनुसार परियोजना प्रभावित वडा नं. ६ र ७ बाट प्राप्त भएका सबै आवेदनहरूको मूल्याङ्कन सम्पन्न भई सम्बन्धित आवेदकहरूलाई छोटो सूची (Shortlist) मा समावेश गरिएको व्यहोरा जानकारी गराइन्छ।
छोटो सूचीमा समावेश भएका सम्पूर्ण आवेदकहरूलाई उद्यम विकास कार्यक्रम अन्तर्गत हुने फिल्ड प्रमाणीकरण तथा सीप विकास तालिमका लागि सञ्चालन हुने अन्तर्वार्तामा अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरिन्छ।