सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी सूचना
सिद्धलेक गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूको सामाजिक सुरक्षा परिचयपत्र नवीकरण सम्बन्धी सूचना प्रकाशित गरेको छ। सम्बन्धित लाभग्राहीहरूले आवश्यक कागजातहरू तथा राष्ट्रिय परिचयपत्र नम्बर (NIN) वा राष्ट्रिय परिचयपत्रका लागि दिएको आवेदन नम्बर सहित आफ्नो सम्बन्धित वडा कार्यालयमा उपस्थित भई तोकिएको समयभित्र परिचयपत्र नवीकरण गराउन अनुरोध गरिएको छ। बालबालिका, अशक्त तथा स्वयं उपस्थित हुन नसक्ने ज्येष्ठ नागरिकका हकमा संरक्षक वा परिवारका सदस्यमार्फत नवीकरण गर्न सकिने व्यवस्था रहेको छ। तोकिएको समयभित्र परिचयपत्र नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या हुन सक्ने भएकाले समयमै नवीकरण प्रक्रिया पूरा गर्न सम्पूर्ण लाभग्राहीहरूमा अनुरोध गरिएको छ।
आवश्यक कागजातहरू:
- नागरिकताको प्रमाणपत्रको प्रतिलिपि - १ प्रति
- पासपोर्ट साइजको फोटो - २ प्रति
- सामाजिक सुरक्षा परिचयपत्रको प्रतिलिपि - १ प्रति
- आवश्यकतानुसार जन्मदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, मृत्यु दर्ता तथा अन्य सम्बन्धित प्रमाणपत्रहरूको प्रतिलिपि
- संरक्षकको नागरिकताको प्रतिलिपि (लागू हुने अवस्थामा)
- अन्य वडा कार्यालयले माग गरेका आवश्यक कागजातहरू
नोट: तोकिएको समयमा परिचयपत्र नवीकरण नगरेमा सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या हुन सक्ने भएकाले समयमै नवीकरण गराउनु हुन अनुरोध गरिन्छ।