FAQs Complain Problems

जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम

सिद्धलेक गाउँपालिकाको आफ्नै पहलमा आ.ब. २०७७/०७८ मा शुरु गरिएको जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी काे टिम सलाङ, नलाङ र कुम्पुरमा जेष्ठ नागरिकहरुको घरदैलोमा नै गई उनीहरुको स्वास्थ्य परीक्षण सेवा सुरु गरेको छ।

सिद्धलेक गाउँपालिकाको आफ्नै पहलमा आ.ब. २०७७/०७८ मा शुरु गरिएको जेष्ठ नागरिक स्वास्थ्य स्याहार कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मी काे टिम सलाङ, नलाङ र कुम्पुरमा जेष्ठ नागरिकहरुको घरदैलोमा नै गई उनीहरुको स्वास्थ्य परीक्षण सेवा शुरु गरिएको छ।गाउँपालिका भित्र रहेका जेष्ठ नागरिकहरुमा भएका स्वास्थ्य समस्याहरुको पहिचान गर्ने तथा लेखाजोखा राख्ने, स्थानीय स्तरमा समाधान गर्न सकिने स्वास्थ्य समस्याहरुको समाधान गरी आवश्यक भएमा थप उपचारका लागी माथिल्लो निकायमा समयमै प्रेषण गर्ने र जेष्ठ नागरिकहरुको समग्रमा स्वास्थ्यमा सुधार ल्याउने उद्धेश्यले कार्यक्रम सन्चालनमा ल्याईएको हो। 

 प्रत्येक महिनाको २७ गतेदेखी ३० गतेसम्म ४ दिन सञ्चालन हुने कार्यक्रममा ज्येष्ठ नागरिकहरुलाई घरदैलोमै भेट गरी स्वास्थ्य परिक्षण गरिने, निःशुल्क औषधि दिने, आवश्यकता अनुसार अभिलेख राख्ने,जनप्रतिनिधिहरु तथा स्वास्थ्य स्वयम सेविकाहरुको सहयोग लिई कार्यक्रम बारे नागरिकलाई पुर्व सु–सुचित गराईन्छ ।  कार्यक्रमको लागि गाउँपालिकाका सबै वडा अन्तर्गतका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य केन्द्र र स्वास्थ्य विन्दुमा कार्यरत (सि.अ.हे.व., अ.हे.व., सि.अ.न.मी., अ.न.मी.) ४४ जना स्वास्थ्यकर्मी कर्मचारीमध्ये २२ जना खटिनु भएको छ । चालु आर्थिक वर्षको अन्तिम चौमासिकमा शुरु भएको कार्यक्रम भएकोले यस वर्ष कार्यक्रम शुभारम्भ तथा स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गर्न  एकलाख रुपैयाँ, औषधी तथा उपकरण खरिद गर्न चारलाख रुपैयाँ, स्थ्यकर्मीलाई यातायात खर्च बापत एकलाख ३२ हजार रुपैयाँ, फिल्डमा जाँदा चाहिने लजिस्टिक सामान (झोला, छाता लगायतका लागि ८० हजार रुपैयाँ, कार्यक्रमको अनुगमन गर्न ३८ हजार रुपैयाँ र फर्म तथा फरम्याट छपाई एवं रजिष्ट्रर लगायतका स्टेशनरी सामानका लागि ५० हजार रुपैयाँगरि आठलाख रुपैयाँ विनियोजन भएको छ।

कार्यक्रमको नियमित रुपमा गाउँँपालिकाबाट अनुगमन, मुल्याङ्कन तथा सुपरिवेक्षण गरिने,जेष्ठ नागरिकबाट आएका गुनासो तथा सुझाबहरु संकलन गरिने र सुझाव तथा गुनासालाई क्रमिक रुपमा कार्यान्वयन गर्दै लगिनेछ ।

आर्थिक वर्ष: